कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय



काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि समय थप गरेको छ ।

वैशाख १ देखि जेठ २१ गतेसम्म समय दिइएकोमा २८ गते १२ बजेसम्मका लागि समय थप गरिएको हो ।

महामन्त्री प्रदीप पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बिहीबारको बैठकले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

‘पछिल्ला दिनहरूमा क्रियाशील सदस्यता अद्यावधिकको कार्य देशभरि अत्यन्त उत्साहजनक रूपमा अगाडि बढिरहेको छ। पार्टीका विभिन्न तहहरूबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको जानकारी प्राप्त हुन आएकोले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकको निर्णयानुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि २०८३ जेठ २८ गते राति १२ बजेसम्म अन्तिम पटकका लागि कायम गरिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : जेष्ठ २२, २०८३ शुक्रबार  १० : १४ बजे