सीमा विवाद कुटनीतिक ढंगले टुंग्याउँछौँ : परराष्ट्रमन्त्री खनाल



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवाद कुटनीतिक ढंगले टुंग्याउँने बताएका छन् । भारतको तीन दिनको औपचारिक भ्रमण सम्पन्न गरी आईतवार स्वदेश फर्किएका परराष्ट्रमन्त्री खनालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । ।

मन्त्री खनालले भ्रमण उपलब्धिमूलक रहेको दाबी गर्दै नेपाल–भारत सम्बन्धलाई व्यवहारिक र प्रविधिमैत्री बनाउने दिशामा ठोस प्रगति भएको बताए ।

उनले भ्रमणका क्रममा सन् २०२३ मा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाबीच भएको समझदारीअनुसार व्यक्तिदेखि व्यक्तिसम्म हुने सीमापार भुक्तानी कारोबारको पूर्ण सञ्चालन शुरु गर्ने आपसि समझदारी भएको उललेख गरे ।

परराष्ट्रमन्त्री खनालसहितको प्रतिनिधि मण्डल आईतवार साँझ स्वदेश फकिएको हो ।

प्रकाशित मिति : जेष्ठ २४, २०८३ आईतबार  ८ : ०४ बजे