रविले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन्



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।

सोमबार सिंहदबारस्थित सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक बसेको हो ।

संघीय संसद्मा देखिएको गतिरोध अन्त्यका लागि बोलाएको बैठकमा चार दलका सभापति रअध्यक्ष सहभागी भएका छन् ।

सोमबारको बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलमध्य ४ दलका नेतृत्वकर्ता बैठकमा सहभागी नभएका हुन् ।बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई सहभागी नभएका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुनसहित सहभागी छन् ।

प्रकाशित मिति : जेष्ठ २५, २०८३ सोमबार  १० : १४ बजे