सिंहदरबारमा सर्वदलीय बैठक जारी



काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको सर्वदलीय बैठक सोमवार बिहान सिंहदरबारमा जारी छ ।

संसद्मा कायम गतिरोध अन्त्य गर्ने र समसामयिक राजनीतिक विषयमा साझा धारणा बनाउने उद्देश्यले उक्त बैठक बोलाइएको हो ।

जारी बैठकमा विभिन्न राजनीतिक दलका शिर्ष तथा पदाधिकारी तहका नेताहरूको उपस्थिति रहेको छ । बैठकमा रास्वपाका सभापति रवि लामिछाने, नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेकपा (एमाले) मुख्य सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन लगायतका नेताहरू सहभागी छन् ।

प्रकाशित मिति : जेष्ठ २५, २०८३ सोमबार  १० : ४९ बजे