राप्रपाले सार्‍यो केन्द्रीय समिति बैठक



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक केही दिन पछिलाई सरको छ ।

यसअघि २८–२९ जेठमा बस्ने भनिएको बैठक ५–६ असारमा बस्ने भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा राजनीतिक, आर्थिक एवं सचिवालय सम्बन्धि प्रतिवेदनहरू पेस हुने उनले बताए ।

प्रकाशित मिति : जेष्ठ २५, २०८३ सोमबार  ११ : ०९ बजे