प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध कायमै



काठमाडौं । केहीबेर अघि सुरु भएको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् ।

बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरिरहेका छन् ।

उनीहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : जेष्ठ २५, २०८३ सोमबार  १ : २६ बजे