प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक विपक्षी दलहरूको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित गरिएको छ।

आज सोमबार सवा १ बजे १५ मिनेटका लागि स्थगित भएको बैठक भोलि सम्मलाई सूचना टाँस गरी स्थगित भएको जानकारी गराइएको हो ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभा बैठकमा बोलेको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले रोष्टममा उभिएर माफी माग्नुपर्ने माग राख्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् ।

प्रकाशित मिति : जेष्ठ २५, २०८३ सोमबार  ३ : १२ बजे