पोलिसी कब्जा र सिण्डिकेट गर्न पलकेकाहरू छटपटाईरहेका छन् : अर्थमन्त्री डा. वाग्ले



अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले मुलुकको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ आफूहरू अगाडि बढेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उनले विगतमा जस्तो नीतिगत तहमा हुने ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्नेगरी सरकार अघि बढेको बताए ।

पुराना अभ्यासहरूबाट फाइदा लिइरहेकाहरू अहिले अत्तालिएर भ्रम फैलाउन लागेको उल्लेख गर्दै उनले त्यसलाई ‘अन्तिम छटपटी’ भएको बताए ।

डा। वाग्लेले अबको अर्थतन्त्र ‘लेभल प्लेइङ्ग फिल्ड’ र प्रतिष्पर्धामा आधारित हुने बताउँदै त्यो छटपटी धेरै नटिक्ने पनि दाबि गरे । अब नियामक निकायहरूमा स्वच्छ, सफा र सक्षम मान्छेहरू आउँने र राजनीतिक संयन्त्र, आर्थिक संरचना र नियामक निकायहरू कुनै व्यक्ति विशेष वा भ्रष्ट राजनीतिज्ञको कब्जामा नरहने पनि उनले बताए ।

प्रकाशित मिति : जेष्ठ २५, २०८३ सोमबार  ७ : ३३ बजे