काठमाडौं । ‘ग्रेटर नेपाल’ अभियानका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई चेक बाउन्सको घटनामा बूढानीलकण्ठ नगरपालिका-१०, कटारीबस्तीबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार नेपाल विरुद्ध चेक अनादर ९चेक बाउन्स० को मुद्दामा जाहेरी परेपछि अदालतको आदेशानुसार पक्राउ गरिएको हो।
नेपालमाथि बैंकिङ कसूर ऐन अन्तर्गत आवश्यक अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।
नेपालको गुमेको भू-भाग फिर्ता हुनुपर्ने माग राख्दै ‘ग्रेटर नेपाल’ अभियान चलाएर चर्चामा रहँदै आएका छन् ।
नेपालमाथि अब बैंकिङ कसूर ऐन अन्तर्गत आवश्यक अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।














