शपथका लागि राष्ट्रपति कार्यालय पुगे सुधन र महावीर



काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै सुधन गुरूङ र महावीर पुनलाई मन्त्रीको जिम्मेवारी दिएका छन्।

प्रधानमन्त्रीको सिफारिसअनुसार गृहमन्त्रीको जिम्मेवारी सुधन गुरूङलाई र नवप्रवर्तन मन्त्रालयको नेतृत्व महावीर पुनलाई दिइएको छ।

नियुक्तिपछि दुवै मन्त्री शपथग्रहणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।

प्रकाशित मिति : जेष्ठ २६, २०८३ मंगलबार  ४ : ४६ बजे