एमाले परित्याग गर्ने ८ वडाअध्यक्षको पद रिक्त



काठमाडौं । एमाले परित्याग गर्ने ८ वडाअध्यक्षको पद रिक्त भएको छ ।

२०७९ सालमा नेकपा एमालेबाट उम्मेदवार भएका तर यसबीचमा विभिन्न पार्टीमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद रिक्त भएको हो।

निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित गरी ती वडाध्यक्षहरूको पद रिक्त भएको जानकारी दिएको हो।

पद रिक्त हुने वडाअध्यक्षहरूमा विभिन्न जिल्लाका स्थानीय तह अन्तर्गत निर्वाचित भएका जनप्रतिनिधि रहेका छन्। उनीहरू सबैले नेकपा एमाले परित्याग गरी अन्य राजनीतिक गतिविधिमा संलग्न भएको वा दल परिवर्तन गरेको आरोपमा दलबाट निष्कासन तथा पद रिक्तिको प्रक्रियामा परेका थिए।

स्थानीय सरकार सञ्चालन ऐन तथा राजनीतिक दल सम्बन्धी कानुनी व्यवस्थाअनुसार कुनै जनप्रतिनिधिले आफू निर्वाचित भएको राजनीतिक दल त्यागेमा वा अर्को दलमा आबद्ध भएमा उसको पद स्वतः रिक्त हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सम्बन्धित निकायबाट आवश्यक प्रक्रिया पूरा भएपछि पद रिक्त भएको घोषणा गरिएको हो।

प्रकाशित मिति : जेष्ठ २७, २०८३ बुधबार  ११ : ५७ बजे