प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्छ: हर्क साम्पाङ



काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ समय मागेर उनले सीमाबारेको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका हुन् ।

“प्रधानमन्त्रीज्यूबाट बोलिएको कुरालाई संसद्को रेकर्डबाट हटाउनुपर्छ । प्रधानमन्त्रीले संसद्‌मा आएर आफ्नो बोली सच्याउनुपर्छ,” उनले भने ।

प्रकाशित मिति : जेष्ठ २८, २०८३ बिहीबार  १२ : ०९ बजे