काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सचेतक निष्कल राईले कसको स्वार्थका लागि करको दर फेरफेर गरेको ? भनि अर्थमन्त्री डा. स्वर्णिय वाग्लेलाई प्रश्न गरेका छन्।
बिहीवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै उनले करको दर र आर्थिक विधेयकमा मनलाग्दी हेरफेर गरेर अर्थमन्त्री वाग्लेले अक्ष्यम्य गल्ती गरेको भन्दै आक्रोस समेत व्यक्त गरे ।
उनले अर्थमन्त्रीलाई लक्षित गर्दै ‘करका दरमा बारम्बार हेरफेर किन भयो, कसको स्वार्थमा भयो? भन्दै प्रश्न उठाए। साथै, संसदमा पेश भइसकेको विधेयक संसदकै सम्पत्ति हुने भएकाले त्यसलाई सरकार आफैंले सच्याउन वा परिवर्तन गर्न नपाउने तर्क पनि उनले गरे।














