काठमाडौं। चर्चित नेपाली सेफ सन्तोष साह पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई जनकपुरबाट पक्राउ गरेको हो ।
बैंकिङ कसूर अन्तर्गतको चेक अनादर (चेक बाउन्स) मुद्दामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।














