अमेरिका र इरानबीचको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आईतवार अमेरिका र इरानबीचको शान्ति सम्झौता अहिले पूर्ण भएको घोषणा गरेका छन् ।

यसका साथै उनले हर्मुज जलडमरुमध्यलाई निःशुल्क (टोल–मुक्त) रूपमा खुला गर्न र इरानी बन्दरगाहहरू विरुद्ध लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउन अनुमति दिए ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन् “इरानको इस्लामिक गणतन्त्रसँगको सम्झौता अब पूर्ण भएको छ । म यसद्वारा हर्मुज जलडमरुमध्यलाई निःशुल्क खुला गर्ने पूर्ण अधिकार दिन्छु र यससँगै अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउने अनुमति पनि प्रदान गर्दछु ।”

उनले थप उत्साह व्यक्त गर्दै लेखेका छन्, “विश्वका जहाजहरू हो, आफ्ना इन्जिनहरू सुरु गर। अब तेललाई बग्न देऊ!”

यसअघि द वाल स्ट्रिट जर्नललाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले यस सम्झौतामा आफूले इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गर्ने वा उपराष्ट्रपति जेडी भान्सले व्यक्तिगत रूपमा उपस्थित भई हस्ताक्षर गर्ने बताएका थिए ।

सम्झौताअनुसार इरानले आणविक हतियार प्राप्त नगर्ने प्रतिवद्धता जनाउने र हर्मुज जलडमरुमध्य तत्काल पुनः खुला गरिने ट्रम्पले बताए । इरानबाट आणविक सामग्रीहरू हटाउन कुनै हतारो नरहेको उल्लेख गर्दै उनले भने, “त्यहाँ कुनै हतार छैन।

प्रकाशित मिति : असार १, २०८३ सोमबार  १० : १७ बजे