सरकारलाई रास्वपा सांसद्को प्रश्न– मनसुनको पूर्वतयारी के छ ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मनसुनजन्य प्राकृतिक विपद् र तातो हावा (लू) को जोखिमका सन्दर्भमा सरकारको पूर्वतयारी र योजनाबारे संसद्लाई जानकारी गराउन माग गरेका छन् ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गजुरेलले मनसुनको संघारमा पुगिसक्दा पनि राहत तथा उद्धारका लागि सरकारले गरिरहेको तयारीबारे कुनै स्पष्ट जानकारी नआएको भन्दै ध्यानाकर्षण गराएका हून् ।

क्षेत्रीय मौसम पूर्वानुमानका आधारमा बुधवारदेखि नेपालको पूर्वी भाग (कोशी प्रदेश) बाट मनसुन शुरु भई अत्यधिक वर्षा (क्लाउड बस्र्ट रेन) हुने सम्भावना रहेको उनले उल्लेख गरे।

उनले भने, “हामी मनसुनको संघारमा आइसकेका छौँ । सरकारले प्रतिकार्य राहत, उद्धारको कस्तो तयारी गरिरहेको छ ? हामीलाई जानकारी छैन ।”

गत वर्षको मनसुनले क्षतिग्रस्त बनाएका पूर्वी नेपालका भौतिक संरचना अझै पुनर्निर्माण भइनसकेको अवस्थामा आगामी साता हुने निरन्तरको वर्षाले थप क्षति पु¥याउन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : असार २, २०८३ मंगलबार  १ : २७ बजे