श्रम संस्कृति पार्टीका सांसदहरुले गरे बेल घेराउ, सभामुखले गराए सचेत



काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठकमा बेल घेराउ गरेका छन् ।

विनियोजन विधेयक २०८३ को मन्त्रालयका विभिन्न शीर्षकमा छलफलको क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले प्रश्नको जवाफ नदिएको विषयमा विरोध गर्दै उक्त पार्टीका सांसदहरुले वेल घेराउ गरेका हुन् ।

साथै, सभाको मर्यादा पालना नगरेको भन्दै सभामुख डीपी अर्यालले उक्त पार्टीका सांसदहरुलाई सचेत गराएका छन् ।

‘सभामुखको आदेशको पालना गर्नुपर्ने सबै माननीय सदस्यहरूको कर्तव्य हो । कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका सबै माननीयहरूलाई सचेत गराउँदछु,’ सभामुख अर्यालले भनेका छन् ।

प्रकाशित मिति : असार ३, २०८३ बुधबार  २ : १३ बजे