काठमाडौं, असार ४ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसेको छ।
बैठकमा गृहमन्त्री सुधन गुरुङ, गृहसचिव राजकुमार श्रेष्ठ तथा सुरक्षा निकायका प्रमुख लगायत सहभागी छन्।
मनसुनको समयमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायबीच समन्वय र तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले बैठक आयोजना गरिएको हो।














