१९ दिनमा पनि प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको विपक्षीले पाएनन् जवाफ



काठमाडौं, असार ४ । सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूलेल निरन्तर प्रश्न उठाउँदै आएका छन् ।

नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलका अनुसार सीमा विवादबारे बालेनले विवादास्पद अभिव्यक्ति दिएको १९ दिन भयो । तर आफूहरूले विवादास्पद अभिव्यक्तिउपर स्वयम प्रधानमन्त्रीको जवाफ पाउन नसकेको उनले बताए ।

बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठे ।

सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि बोल्दै एमालेका सांसद पोखरेलले सीमा विवादबारे बालेनले विवादास्पद अभिव्यक्ति दिएको १९ दिनसम्म पनि जवाफ पाउन नसकेको उनले बताएका हुन् ।

‘आज १९ दिन भइसक्यो । उहाँले संसद्मा आएर मैले गल्ति गरेँ भन्नुभएको छैन’, उनले भने ।

प्रकाशित मिति : असार ४, २०८३ बिहीबार  ११ : ५१ बजे