पासपोर्ट खरिद अनियमितता प्रकरणमा तानिइन् आरजु राणा, बयानका लागि म्याद तामेल



काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा ई–पासपोर्ट खरिद अनियमितता प्रकरणमा तानिएकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राणालाई बयानका लागि उपस्थित हुन म्याद पठाएको हो ।

अख्तियारको टोली राणाको बूढानीलकण्ठस्थित घरमा पुगेर म्याद टाँसेर फर्किएको छ ।

पूर्वपरराष्ट्रमन्त्री राणा विदेशमा रही सम्पर्कमा नभएको भन्दै अख्तियारले खण्डहरमा परिणत भएको घरमा पुगेर म्याद तामेल गरेको हो । अख्तियारमा पासपोर्ट छपाइको ठेक्का प्रक्रियामा राणाको संलग्नता रहेको दाबीसहित उजुरी परेको थियो ।

अख्तियारले पासपोर्ट छपाइमा अनियमितता भएको भन्दै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनीलकुमार केसी र विभागका तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : असार ४, २०८३ बिहीबार  २ : ५६ बजे