कोशी प्रदेशका आन्तरिक मामिला मन्त्रीको निवासमा मध्यरातमा प्रहरीको छापा



काठमाडौँ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको निवासमा मध्यरातमा प्रहरीले छापा मारेको छ।

बिहीबार मध्य राति विराटनगर महानगरपालिका–३ स्थित ल क्याम्पस नजिकैको निवासमा प्रहरी पुगेर छापा मारेको हो ।

राति पर्खाल नाघेर प्रहरी घरभित्र छिरेको मन्त्रीको सचिवालयले जनाएको छ । यद्यपी मन्त्री पराजुली भने निवासमा थिएनन् ।

मोरङका प्रमुख जिल्ला अधिकार युवराज कटेलले भने कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तको खोजी गर्ने क्रममा प्रहरी उक्त निवासमा पुगेको बताएका छन्। त्यहाँ पुगेको प्रहरीले मन्त्रीको निवास भन्ने जानकारी नपाएको कटेलको भनाइ छ ।

उनका अनुसार एकजना हत्याका अभियुक्त पहिले सोही घरमा कोठा भाडामा लिएर बस्ने सूचना पाएको र लुकिछिपेको हुनसक्ने भन्दै प्रहरी टोली रेकी गर्न पुगेको थियो ।

प्रकाशित मिति : असार ५, २०८३ शुक्रबार  २ : ०६ बजे