पोखरा महानगरले ल्यायो बजेट ७ अर्ब १५ करोड २५ लाखको बजेट



काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७ अर्ब १५ करोड २५ लाख बजेट सार्वजनिक गरेको छ ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रवार बजेट पेश गरेकि हुन् ।

कुल बजेटको पुजिगततर्फ ४४.९५ र चालुतर्फ ५५.१५ बजेट विनियोजन गरिएको छ ।

बजेटको खर्च व्यहोर्ने स्रोत मध्य संघीय सरकार सशर्त अनुदान २ अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान ५ करोड ५० लाख, समपूरक अनुदान १ करोड ८२ लाख समानिकण अनुदान ४९ करोड ३७ लाख गरी वित्तिय हस्तान्तणको ३ अर्ब १८ करोड ६० रहेको छ ।

प्रकाशित मिति : असार ५, २०८३ शुक्रबार  ७ : ५९ बजे