जावलाखेलमा देखाइयो रातो मत्स्येन्द्रनाथको भोटो



काठमाडौं । जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन गरिएको छ ।

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो शनिवार ललितपुरको जावलाखेलमा सर्वसाधारणलाई देखाइएको हो ।

परम्परागत सांस्कृतिक विधिअनुसार जावलाखेलमा आयोजित एक विशेष समारोहका बीच सो भोटो प्रदर्शन गरिएको हो ।

भोटो देखाउने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थिति रहेको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा। मनोजकुमार शर्मा र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको सहभागिता रहेको थियो ।

सो अवसरमा मन्त्रीगणका साथै नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : असार ६, २०८३ शनिबार  १० : ०४ बजे