कांग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने



काठमाडौं । कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने भएका छन् ।

सभापति थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार सभापति थापा रास्वपा महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ।

रास्वपाले प्रथम महाधिवेशनमा दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको थियो।

रास्वपा महाधिवेशन आज चितवनमा उदघाटन हुँदैछ ।

प्रकाशित मिति : असार ७, २०८३ आईतबार  ११ : २१ बजे