प्रतिनिधि नामावलीमा त्रुटि, रास्वपा महाधिवेशनको बन्द सत्र सुरु हुन ढिलाइ



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र निर्धारित समयमै सुरु हुन सकेन।

आज बिहान साढे ८ बजे सुरु हुने तय भएको बन्दसत्र प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटि सच्याउने काम नसकिएकाले ढिला भएको हो।

रास्वपाका नेता गणेश पराजुलीका अनुसार निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक प्रतिनिधि नामावलीमा विभिन्न त्रुटि भेटिएपछि त्यसलाई सच्याउने र पुनः रुजु गर्ने प्रक्रिया चलिरहेको छ।

सोही कारण बन्दसत्रको कार्यतालिका केही पछि सरेको उनले बताए।

प्रकाशित मिति : असार ८, २०८३ सोमबार  १ : ०० बजे