काठमाडौं ।भोलि बिहीबारका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
संघीय संसद् सचिवालयले बुधबार सूचना जारी गर्दै बिहीबार बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित भएको जनाएको हो ।
यसअघि बिहीबार बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो ।
तर, उक्त निर्धारित समयमा बैठक बस्न नसक्ने भएपछि सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित भएको जानकारी गराएको छ ।संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, शुक्रबार दिउँसो १ बजे बस्ने छ ।














