रास्वपा महाधिवेशन: पदाधिकारीका लागि ४ बजेबाट मतदान



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारीका लागि मतदानको समय तय भएको छ ।

रास्वपा नेता मनिष झाका अनुसार पदाधिकारीका लागि अपराह्न ४ बजेबाट मतदान सुरु हुनेछ ।

रास्वपाको सभापतिमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

९९ केन्द्रीय सदस्य चयनका लागि भएको मतदान भने सकिएको छ ।

प्रकाशित मिति : असार ११, २०८३ बिहीबार  २ : ४६ बजे