कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेटवार्ता



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन् ।

उनीहरूबीच शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवासमा भेट भएको हो ।

घिमिरेले सामाजिक सञ्जालमार्फत डा. कोइरालासँग भेटघाट भएको जानकारी दिँदै पार्टीको आन्तरिक अवस्था, समसामयिक राजनीतिक घटनाक्रम तथा समग्र राजनीतिक विषयमा विचार आदानप्रदान भएको उल्लेख गरेका छन् ।

घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा कोइरालासँगको तस्वीर सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा पार्टीका आदरणीय नेता डा. शेखर कोइरालासँग भेटघाट र छलफल ।’

प्रकाशित मिति : असार १२, २०८३ शुक्रबार  ११ : १७ बजे