काठमाडौं । महामन्त्रीका आकांक्षी कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, शिशिर खनाल, जगदिश खरेल र प्रमोद न्यौपानेले विपिन आचार्यलाई समर्थन गर्दै उम्मेदवारी नदिएको र दिएको पनि फिर्ता लिएको बताएका छन् ।
पार्टीको बृहत्तर हित र आन्तरिक एकताका लागि उनीहरुले आचार्यलाई समर्थन गरेको उनीहरुको भनाइ छ ।
उनीहरुले शुक्रबार चितवनमा संयुक्त प्रेसमिट गर्दै महामन्त्रीमा आचार्यलाई समर्थनको घोषणा गरेका हुन् ।
‘हामी सबै जनाले संस्थापक सबै साथी एक ठाउँमा उभिएर एउटै म्यासेज दिनुपर्छ भनेर एउटै उम्मेदवार प्रस्तुत गरेका हौँ’, गणेश पराजुलीले भने, ‘हामी सबैले विपिनलाई समर्थन गर्ने निर्णय गरेका छौँ ।














