प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध



काठमाडौँ । प्रतिनिधि सभाको आइतबार बसेको बैठक प्रारम्भ हुनासाथ विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन्।

सिंहदरबारस्थित संघीय संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूची अघि बढाउन खोज्नेबित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर असन्तुष्टि व्यक्त गरेका हुन्।

बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संयुक्त रूपमा विरोध जनाएका छन्।

प्रकाशित मिति : असार १४, २०८३ आईतबार  ११ : ३५ बजे