प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित



काठमाडौं, असार १४ । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’ बहुमतले पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकबाट बजेट आश्रित विधेयक ‘आर्थिक विधेयक, २०८३’ पारित भएको हो ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा छलफलपछि उक्त विधेयक पारित गर्नका लागि प्रस्ताव गरेका थिए । प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयर्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरे ।

प्रकाशित मिति : असार १४, २०८३ आईतबार  २ : ०६ बजे