विष्णु पौडेललाई थप तीन दिन थुनामा राख्न विशेष अदालतको अनुमति



१५ असार, काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वमन्त्री विष्णु पौडेललाई थप ३ दिन थुनामा राख्न म्याद थप भएको छ ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई थप ३ दिन थुनामा राख्न म्याद थप गरेको हो ।

सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई म्याद थपका लागि आजै विशेष अदालतमा पेस गरेको थियो ।

विशेष अदालतको आदेश बमोजिम उनलाई ३ दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ ।

प्रकाशित मिति : असार १५, २०८३ सोमबार  ६ : ३५ बजे