९ दिनदेखि माइतीघरमा दृष्टिविहीनहरूको प्रदर्शन: रोजगारी वा बेरोजगार भत्ता माग



काठमाडौं । काठमाडौंका सडकपेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले आफ्ना विभिन्न मागहरू राख्दै विगत ९ दिनदेखि राजधानीको माइतीघर मण्डलामा लगातार प्रदर्शन गरिरहेका छन्।

काठमाडौं महानगरपालिकाले सडकपेटी, मठमन्दिर तथा सार्वजनिक चोकहरूमा जीवनयापनका लागि ससाना व्यवसाय वा काम गर्न रोक लगाएपछि उनीहरू आन्दोलनमा उत्रिनु परेको आन्दोलनकारीहरूले बताएका छन्। महानगरको यो कदमले आफूहरूको रोजीरोटी खोसिएको र जीवनयापनमा गम्भीर संकट पैदा भएको उनीहरूको गुनासो छ। उनिहरुले तीन बुँदे माग राख्दै प्रदर्शन गरेका हुन् ।

उनिहरुले दृष्टिविहीन नागरिकहरूलाई सडकपेटीमा मर्यादित रूपमा काम गरेर जीविकोपार्जन गर्न पाउनु पर्ने , योग्यता र क्षमता अनुसार राज्यले रोजगारीको ग्यारेन्टी गर्नुपर्ने र राज्यले रोजगारी उपलब्ध गराउन नसके वैकल्पिक व्यवस्था स्वरूप प्रतिमहिना २० हजार रुपैयाँ बेरोजगार भत्ता उपलब्ध गराउनु पर्ने माग गरेका छन् ।

उहिनरुले काठमाडौं महानगरपालिकाले सडकपेटी, मठमन्दिर तथा सार्वजनिक चोकहरूमा जीवनयापनका लागि ससाना व्यवसाय वा काम गर्न रोक लगाएपछि आन्दोलनमा उत्रिनु परेको उनिहरुले जनाएका छन् ।

प्रकाशित मिति : असार १६, २०८३ मंगलबार  २ : ०१ बजे