काठमाडौँ । सरकारले शिक्षा, सुरक्षा, प्रशासन तथा नीतिगत सुधारसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षासम्बन्धी नियमावली संशोधनदेखि राष्ट्रिय नीति स्वीकृत गर्ने, नेपाल प्रहरीका उच्च अधिकारीको सरुवा गर्ने तथा विभिन्न सार्वजनिक निकायमा पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो।
यी हुन् निर्णयहरू
-एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिसडिक्सन बीबीएन्जी भन्छ, त्यसलाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
-नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गर्ने।
-विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का (धनकुटा) लाई नियुक्ति गर्ने।
-कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने।
-शिक्षा दसौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने।
-गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल (कैलाली)लाई नियुक्ति गर्ने।
-सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गाना (मोरङ) लाई नियुक्ति गर्ने।
-अर्को राष्ट्रिय सदाचार नीति २०८३ स्वीकृत गर्ने
-राष्ट्रिय विज्ञापन नीति २०८३ स्वीकृत गर्ने।














