लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ



काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार बिदाइ गरेको छ।

जुलाई २१ देखि ३१ तारिखसम्म नेदरल्यान्ड्समा आयोजना हुने शृङ्खलाका लागि कप्तान रोहित पौडेल को नेतृत्वमा १५ सदस्यीय टोलीलाई काठमाडौँमा आयोजित एक समारोहबीच बिदाइ गरिएको हो।

प्रतियोगितामा घरेलु टोली नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी हुनेछन्। शृङ्खलाको उद्घाटन खेलमा नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : असार २१, २०८३ आईतबार  २ : ४९ बजे