हालान्ड चम्किँदा नर्वे विश्वकपको क्वाटरफाइनलमा, ब्राजिल बाहिरियो



काठमाडौं,असार २२ । नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा ब्राजिललाई २–१ ले हराउँदै नर्वेले अन्तिम ८ मा स्थान बनाएको हो।

नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्यो। नर्वेको जितमा दुवै गोल एर्लिङ हालान्डले गरे। उनले खेलको ७९ औं र ९० औं मिनेटमा गोल गरेका हुन्। ब्राजिलका लागि अन्तिममा नेयमारले सान्त्वना गोल फर्काए। खेल सकिनै लाग्दा उनले पेनाल्टीमार्फत गोल गरेका हुन्।

योसँगै हालान्डले जारी विश्वकपमा गोल संख्या ७ पुर्याएका छन्। गोन्डेन बुटको दौडमा अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका किलियन एम्बाप्पे पनि ७ गोलसँगै दौडमा छन्।

नर्वेले क्वाटरफाइनलमा इंग्ल्यान्ड र मेक्सिकोसँगको विजेतासँग खेल्नेछ। पाँच पटकको विजेता ब्राजिलको भने विश्वकप यात्रा अन्तिम १६ बाटै टुंगिएको छ।

प्रकाशित मिति : असार २२, २०८३ सोमबार  ७ : ४९ बजे