इजिप्टविरुद्धको खेलमा पुनरागमन गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा



काठमाडौं । अर्जेन्टिनाले खेलको अन्ततिरको १३ मिनेट १५ सेकेन्डमा ३ गोल गर्दै इजिप्ट विरुद्ध २-० ले पछि रहेको अवस्थामा ३-२ को जित निकाल्दै अविश्वसनिय पुनरागमन सहित क्वाटरफाइनलमा स्थान बनायो।

खेलमा २-० ले पछि परेको अवस्थामा अर्जेन्टिनाले असम्भव मानिएको पुनरागमन सम्भव बनाउँदै निर्धारित ९० मिनेटमानै जित दर्ता गर्यो।

खेलमा इजिप्टले १५ मिनेटमानै यसर इब्राहिमको गोलमा अग्रता लिएको थियो। दोस्रो हाफमा मोस्तपा जिकोले ६७ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। ७९ मिनेट सम्म गोलविहीन अर्जेन्टिनाले अन्तत रोमेरोले गोल गर्दै खेलमा अर्जेन्टिनालाइ कायम राखे। अन्तत ८३ औं मिनेटमा लियोनेल मेसीले बराबरी गोल गरे। त्यसअघि मेसीले पहिलो हाफमा पेनाल्टी चुकाएका थिए।

बराबरीपछि उत्साहि बनेको अर्जेन्टिनाले अतिरिक्त समयको दोस्रो मिनेटमा इन्जो फर्नान्डेजको गोलमा ३-२ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनायो।

प्रकाशित मिति : असार २४, २०८३ बुधबार  ७ : ४७ बजे