राजेन्द्र राईको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन



काठमाडौं । सभामुख डिपी अर्यालले एमाले सांसद राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

सांसद राईले बैठकमा ‘सभामुखज्यू तपाई कान सुन्नुहुन्छ कि हुन्छ ?’ भन्ने अभिव्यक्ति व्यक्त गरेका थिए ।

उनको त्यही अभिव्यक्तिका कारण पक्ष विपक्षमा बहस हुँदा प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित पनि भएको थियो ।

१५ मिनेट स्थगित भएपछि बसेको बैठकमा सभामुखले सांसद राईको सबै अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : असार २४, २०८३ बुधबार  १२ : ५३ बजे