संविधान संशोधनबारे कांग्रेसले भोली दृष्टिकोण सार्वजनिक गर्ने



काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनसम्बन्धी आफ्नो दृष्टिकोण भोली सार्वजनिक गर्ने भएको छ।

संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समितिको आयोजनामा ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रम बिहीबार अपराह्न २:०० बजे को लागि आयोजना गरिएको छ ।

कार्यक्रम कांग्रेस केन्द्रिय कार्यालय सानेपामा हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

प्रकाशित मिति : असार २४, २०८३ बुधबार  ३ : २० बजे