ग्यास सिलिन्डर पड्किँदा माकलबारीमा एक जनाको मृत्यु



काठमाडौं । काठमाडौंको माकलबारीमा फायर एक्सटिंग्विशर र अक्सिजन सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको छ।

गुडिरहेको गाडीमा सिलिन्डर विस्फोट हुँदा सिलिन्डरको टुक्राले लागेर माकलबारी बस्ने ४६ वर्षीय विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।

सिलिन्डरको टुक्राले लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा लगिएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको हो ।

प्रकाशित मिति : असार २६, २०८३ शुक्रबार  १२ : १३ बजे