काठमाडौं । बिहीबार आत्मदाहको प्रयास गरेका गणेश नेपालीलाई चिकित्सकले शुक्रबार मृत घोषणा गरेसँगै वीर अस्पतालमा भीड लागेको छ ।
अस्पतालले नेपालीलाई मृत घोषणा गरेसँगै अस्पतालमा सर्वसाधरण र सञ्चारकर्मीको भीड लागेको हो ।
वीर अस्पताल परिसरमा मानिसहरूको भिड जम्मा हुन थालेपछि प्रहरीलाई पनि सुरक्षाका लागि तैनाथ गरिएको छ ।
मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका नेपालीको वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।














