सुकुमवासी व्यवस्थापनको मागसहित माइतीघरमा प्रदर्शन



काठमाडौं । सुकुमवासीको उचित व्यवस्थापनको मागसहित काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरिएको छ ।

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाको आयोजनामा सरोकारवालाहरू र सुकुमवासीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले सरकारले सुकुमवासीको व्यवस्थापन नगरेको आरोप लगाएका छन् ।

शनिवार बिहान कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेर उठीबास लगाएपछि र साँझ जेन्जी अभियन्तालाई गिरफ्तार गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।

प्रकाशित मिति : असार २८, २०८३ आईतबार  १ : २२ बजे