सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो: ऐन महर



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमा सरकारको आलोचना गर्दा आफूलाई ज्यान मार्ने धम्की आइरहेको गुनासो गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक महरले आफूलाई सामाजिक सञ्जाल र फोनमार्फत निरन्तर धम्की दिइएको खुलासा गरेका हुन्।

सदनमा सम्बोधन गर्दै प्रमुख सचेतक महरले जनताको प्रतिनिधि हुनुको नाताले सरकारको गुण र दोषका आधारमा आलोचना गर्दा आफूलाई निशाना बनाइएको बताए ।

महरले सदनमा आफूलाई धम्की दिने व्यक्तिको विवरण समेत सार्वजनिक गरे । उनकाअनुसार पराजुली राम नामको फेसबुक आईडीबाट उनलाई गोली हान्ने धम्की दिइएको छ । ‘हामी जनताको अभिमत लिएर यो सदनमा आएका हौँ। सरकारलाई सही बाटो देखाउन खोज्दा मलाई फेसबुक र फोनमा निरन्तर गोली हान्ने र मार्ने धम्की आइरहेको छ’ उनले भने ।

प्रकाशित मिति : असार ३०, २०८३ मंगलबार  ४ : ३९ बजे