उचित मूल्य नपाएको भन्दै गोलभेँडा फालेर माइतीघरमा प्रदर्शन



काठमाडौं । किसानहरुले माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन गरेका छन् ।

आन्दोलित कृषकहरूले गोलभेंडाले उचित बजार र मूल्य नपाएको भन्दै माइतीघरमा गोलभेंडा फालेर विरोध प्रदर्शन गर्दै गोलभेंडाको अंकित मूल्य तोक्न माग गरेका छन्।

किसानको मेहेनत, श्रम र पसिनाको कदर नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

उनीहरूले किसानले एकदमै न्यून भाउमा गोलभेंडा बेच्न बाध्य भएको र उपभोक्ताले भने चर्को मूल्य तिरेर गोलभेंडा खरीद गर्न परेको भन्दै बिचौलिाको अन्त्य गर्न पनि माग गरेका छन्। साथै विदेशबार तरकारी आयात रोक्न र कृषि बीमा लागू गर्न पनि पनि माग गरेका छन्।

प्रकाशित मिति : असार ३१, २०८३ बुधबार  १ : १२ बजे