जनकपुर। नेपाली कांग्रेस र एमालेबीच बढ्दै गएको चिसोपनका कारण प्रदेशहरुको राजनीतिक समिकरण फेरबदल सुरु हुँदा मधेश प्रदेशमा भने यसको कुनै असर नपर्ने भएको छ।
मधेश प्रदेशमा हाल विद्यमान नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ठ पार्टी –नेकपा बीचको तीन दलीय गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ।
आज भएको तीनै दलका नेताहरुबीचको छलफलमा गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति भएको जनाइएको छ। मधेश प्रदेश एमाले संसदीय दलका नेता सरोज कुमार यादवले जनाए अनुसार तीनै दलका नेताहरुबीच गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ। अन्य प्रदेशको समिकरण परिवर्तन भएपनि मधेश प्रदेशमा कुनै फेरबदल नहुने नेता यादवले प्रष्ट पारेका छन्।














