काठमाडौं । संयुक्त राज्य अमेरिकामा ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूलाई थप कडिकडाउ गर्ने आफ्नो योजनाको अन्तिम सूचना सार्वजनिक गरेको छ।
ती योजनाअन्तर्गत आइन्दा विदेशी विद्यार्थीहरूले सङ्घीय सरकारको अनुमति नलिईकन चार वर्षभन्दा बढी अमेरिकामा बस्न पाउने छैनन्।पाठ्यक्रमका कार्यक्रम परिवर्तन गर्न तथा एकबाट अर्को विश्वविद्यालय वा कलेजमा सर्न पनि अब निकै रोक लाग्ने छ।
हालसम्म अमेरिकामा उच्च अध्ययनका संस्थाहरूले विद्यार्थी भिसाको अवधि थपिदिने अधिकार पाएका थिए।
विदेशी विद्यार्थीका लागि भिसाको नियम अझ कडा बनाउँने अमेरिकी सरकारको निर्णयले नेपालिसहित सबै विदेशी विद्यार्थीहरूको अमेरिका बसाइ र पढाइलाई निकै चुनौतिपुर्ण बनाउँने बताईएको छ । परिणम कस्तो आउँछ भन्ने अहिलेनै ठ्याक्कै भन्न नसकिए पनि अमेरिकी सरकारको पछिल्लो निर्णयले नेपालिसहित सबै विदेशी विद्यार्थीहरूको अमेरिका बसाइ र पढाइलाई थप जटिल बनाउँने निष्चितप्राय देखिन्छ ।
अमेरिकी डिपार्टमन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार यसले ूभिसाको जथाभावी दुरुपयोग रोक्ने, तथा नियमित निगरानीमार्फत् राष्ट्रिय सुरक्षा सुदृढ हुनेू छ।
तर असोसिएशन अफ इन्टरन्याश्नल एजुकेटर्सले नयाँ नियमलाई ूअनावश्यक तथा गलत रूपमा निर्देशितू भनेको छ।
यसअघि एफवन वर्गका विदेशी विद्यार्थी भिसा र जेवन एक्चेन्ज भिसा भएकाहरूलाई तिनको सो हैसियतको अवधिभरिूका निम्ति भिसा जारी गरिन्थ्यो। त्यसको अर्थ उनीहरूले डिग्री हासिल नगरुन्जेल बस्न पाउँथे। नयाँ नियमले त्यसमा समयसीमा तोकिदिएको छ।
होमल्यान्ड सेक्युरिटी सेक्रेटरी मार्क्वेन मलिनले भने, दशकौँसम्म विदेशी विद्यार्थीहरूलाई अनिश्चितकालका निम्ति अमेरिका भित्रिन दिइयो जसले गर्दा हजारौँले हाम्रो अध्यागमन प्रणालीको दुरुपयोग गर्दै विभिन्न कोर्समा निरन्तर भर्ना हुँदै अनिश्चित कालसम्म अमेरिकाबाट बाहिरिन नपर्ने गरी बसे।
अधिकांश अमेरिकी अन्डरग्र्याजुएट (स्नातक तहका) कार्यक्रमहरू चारवर्षे अवधिका हुन्छन् भने डक्टरेटजस्ता स्तानकोत्तर कार्यक्रमहरू सिध्याउन अझ लामो समय लाग्छ।
धेरैजसो अन्तर्राष्ट्रिय विद्यार्थीहरू स्तानकोत्तर तहमा भर्ना हुन्छन्, खास गरी विज्ञान तथा प्रविधिको क्षेत्रमा।यी पाठ्यक्रम पूरा गर्न तथा शोधपत्र प्रकाशन गर्न थप समय लाग्छ। शोधका निम्ति आवश्यक स्रोतको अभाव तथा व्यक्तिगत परिस्थितिले पनि यस्तो अध्ययन अवधि लम्बिन पुग्छ।
अब नयाँ नियमानुसार विदेशी विद्यार्थीहरूसँग ग्र्याजुएशनपछि स्वदेश फर्किन वा अर्को वर्गको भिसा हासिल गर्न जम्मा ३० दिनको समय हुने छ। यसअघि त्यस्तो अवधि ६० दिनको हुने गर्थ्यो।बीबीसी














