कांग्रेसका पूर्वसभापति देउवा बाथरुममा लडेर घाइते



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा घाइते भएका छन् ।

हङकङमा केही दिनअघि बाथरुममा लडेर देउवाको दायाँ हात भाँचिएको छ ।

पूर्वप्रधानमन्त्री देउवानिकट स्रोतले घटनाको पुष्टि गरेको छ । स्रोतका अनुसार देउवा उपचारपछि त्यहाँकै स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित मिति : श्रावण १, २०८३ शुक्रबार  ३ : ३७ बजे