काठमाडौँ, साउन ३ । फिफा विश्वकप २०२६ अन्र्तगनको खेलमा फ्रान्सलाई पराजित गर्दै इङ्गल्याण्डले तेस्रो स्थान हासिल गरेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा फ्रान्सलाई ६—४ ले पराजित गर्दै इङ्गल्याण्डले विश्वकपको तेस्रो स्थान हासिल गरेको हो ।
इङ्गल्याण्डको ऐतिहासिक जितमा जर्सी नम्बर ७ का स्ट्राइकर बुकायो साका नायक बने । साकाले खेलको ३७औं, ४५औं र ८७औं ‘पेनाल्टी’ मिनेटमा गोल गर्दै सानदार ह्याट्रिक पूरा गरे । इङ्गल्याण्डका लागि खेलको तेस्रो मिनेटमै डिक्लान राइसले सुरुवाती गोल गरेका थिए ।
खेलको १८औं मिनेटमा राइसकै उत्कृष्ट असिस्टमा डिफेन्डर एज्री कोन्साले दोस्रो गोल गरेका थिए ।
खेलको अन्तिम समयमा फ्रान्सले लगातार गोल फर्काएर दबाब सिर्जना गरे पनि थपिएको समयको आठौं मिनेट अर्थात् ९०/८ औं मिनेटमा जुड बेलिङ्ंघमले गोल थप्दै इङ्गल्याण्डको ६-४ को ऐतिहासिक जित पक्का गरे ।
यो जितसँगै इङ्गल्याण्डले विश्वकपको तेस्रो स्थान हासिल गरेको हो ।














