काठमाण्डौ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रश्तावप्रति विमति प्रकट गरेका छन् ।
आईतवार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
यस्तो प्रश्तावले लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने उनले बताए ।
सभापति थापाले तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेश संसदलाई प्रतिपक्षविहीन बनाउनु भएको टिप्पणी गरे ।














