ओलीको दाबि : राज्य निर्देशित अराजकता र नीतिहीनता बढ्यो



काठमाडौं । नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीति दिशाहीन, नीतिहीन र विधिहीन ढङ्गले अगाडि बढिरहेको टिप्पणी गरेका छन् ।

आईतवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मुलुकमा अराजकता र संवैधानिक मर्यादाको उल्लंघन भइरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।

ओलीले एमाले अहिले सडक र सदन गरी दुईवटा मोर्चामा संघर्षरत रहेको बताए ।

सडक आन्दोलनमा केही धक्का लागेको स्वीकार गर्दै उनले सडक र संसदीय संघर्ष एकैसाथ अघि बढाउँने दाबि गरे ।

प्रकाशित मिति : श्रावण ३, २०८३ आईतबार  ७ : ३६ बजे